८ माघ २०७७, बिहिवार
फेसबुकको प्रधान कार्यालयमा नेपाली चेली बैअबु राई वरिष्ठ सफ्टवेयर इन्जिनियर बनेकी छिन् ।
उदयपुरको रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षीया बैअबु राई अमेरिकाको क्यालिफोर्नियास्थित फेसबुकको मुख्यालयमा सिनियर सफ्टवेयर इन्जिनियरको रुपमा यसै सातावाट काम शुरू गरेकी छन् ।
उदयपुरको गाईघाटस्थित लालीगुराँस आवासीय विद्यालयबाट पढाई शुरु गरेकि राई पूर्ण छात्रवृत्तिमा काठमाडौंस्थित बुढानिलकण्ठ स्कुलबाट प्रवेशिका परीक्षा गरेपश्चात
बुढानिलकण्ठ स्कुलबाट उत्कृष्ट अंक ल्याएर बेलायतको एक प्रतिष्ठित कलेजमा छात्रवृत्तिमै पढ्ने मौका पाएकि थिईन ।
उनले अमेरिकास्थित म्यासेच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा छात्रवृत्तिबाटै कम्युटर साइन्समा सन् २०१३ मा ग्राजुएटेड भएकी हुन् ।
उनको बुवा पूर्व नेपाली सैनिक हुन् भने आमा अमेरिकन सहयोग नियोग युएसएडमा कार्यरत छिन् ।