८ माघ २०७७, बिहिवार

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला काठमाडौँमा आयोजना हुँदैछ ।

भेला राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा अहिले केहिबेरमा सुरु हुन लागेको हो ।

भेलालाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले जानकारी दिए ।

भेलामा सहभागी हुन प्रेस संगठन नेपालमा आवद्ध सातै प्रदेश र जिल्लाका प्रतिनिधिहरु काठमाडौ पुगिसकेका छन् ।

नेकपा ओली र प्रचण्ड-नेपाल दुई समूहमा विभाजित भएसँगै प्रेस संगठनमा यसको प्रभाव देखिएको छ ।

यसअघि मंगलबार प्रचण्ड-नेपाल पक्षीय पत्रकारहरुले भेला आयोजना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर