८ माघ २०७७, बिहिवार

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।


बुधबार राति भएको खेलमा युनाइटेडले फुलहमलाई २-१ गोलले हरायो।

युनाइटेको जितमा काभानीले २१ र पोग्बाले ६५ मिनेटमा गोल गरे।

त्यसअघि लूकम्यानले पाँचौ मिनेटमा गोल गरेर फुलहमलाई अग्रता दिलाएका थिए।

दोस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई २-० गोलले पराजित गर्‍यो।

सिटीको जितमा बेर्नान्डो सिल्भाले ७९ मिनेट र गुन्डोगनले ९० मिनेटमा पेनाल्टीमा गोल गरे।

शीर्ष स्थानमा पुगेको युनाइटेडको १९ खेलबाट ४० अंक छ।

दोस्रो स्थानको म्यानचेस्टर सिटीको १८ खेलबाट ३८ अंक भएको छ।

तेस्रो स्थानमा झरेको लेस्टरको १९ खेलबाट ३८ अंक नै छ।

प्रतिक्रिया

सम्बन्धित खवर