१ भाद्र २०७७, सोमवार

घोराही सिमेन्ट उद्योगको चुनढुंगा बोक्ने टिप्परले घोराही-मुर्कुटी सडक जिणर् बनाएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् ।
संघर्ष समिति गठन गर्दै सडक ग्राभेल नहुँदासम्म सिमेन्ट उद्योगको चुनढुंगा निकासी पैठारी पूणर्रुपमा बन्द गर्ने निणर्य गरेका छन् ।


अन्य सवारी साधन भने यथावतरुपमा चल्न पाउने छन् । स्थानिय वासीहरुकोभेलाले नारायण पाण्डे संयोजक रहेको सडक सुधार संघर्ष समिति पनि गठन गरेको छ । समितिको सहसंयोजक रिमा कँवर, दिलबहादुर गिरी, श्याम पुन, बसन्त ओली, पबित्रा गिरी, शारदा सेढाइ, श्रीमान घर्ती, धनबहादुर बुढा, रेश्मीराज न्यौपाने, हेमन्त खड्का, बसन्ता कँवर, इश्वरी कँवर र तिलक खड्का रहनुभएको छ ।

त्यस्तै समितिको सल्लाहकारमा चन्द्रबहादुर सेढाइँ, भीमबहादुर कवर र मदन न्यौपाने रहनुभएको छ । संयोजक पाण्डेले भन्नुभयो अति नै भएपछि यस्तो निस्कर्ष निकालेका छौ,सडक ग्राभेल नहुदा सम्म चुनढुगा वोक्ने टिप्परलाई हिड्न दिने छैनौ ।

फोटो सिस्नेअनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर