८ माघ २०७७, बिहिवार

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका भएका छन्।

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार थापालाई सो पदमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा थापालाई नियुक्ति गरिएको हो ।

उपकुलपतिको दौडमा ४४ जना उम्मेदवार थिए।

तीमध्ये प्राडा रामकण्ठ मकाजु, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुँइटेलको नाम समितिबाट सिफारिस भएको थियो।

१० वटा विभिन्न मापदण्डका आधारमा समितिले नाम सिफारिस गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर