
७ माघ २०७७, बुधवार
कुवेतमा उपचारका क्रममा मृत्यु भएकि मकवानपुर चुरियामाई १ कि सरिता थिङको शव नेपाल पठाउनको लागि आवश्यक सहयोग भैरहेको गैर आवासिय नेपाली संघ कुवेतले जनाएको छ ।
शव नेपाल ल्याउनको लागि एनआरएन कुवेत लगायतका तीन सामाजिक संस्थाले सहयोग गरिरहेका छन ।
शव नेपाल पठाउनको लागि एनआरएनए एनसीसी कुवेतले १२० केडि, नेपाल तामाङ घेदुङ कुवेत ११५ केडि र परोपकारी संस्था १५० केडिसहित ३८५ केडि सोमबार नेपाली दूतावासमा हस्तान्तरण छन ।
एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, आइसीसी सदस्य अमित चाम्लिङ राई, उपाध्यक्ष राना लामा र परोपकारी संस्थाका अध्यक्ष धिरेन्द्र राज सुवेदी सहितको टोलीले सो रकम नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवाललाइ हस्तान्तरण गरेका हुन् ।
द्वितीय सचिव सिलवालका अनुसार आगामी बिहिवारसम्म थिङको शव नेपाल पठाउने तयारी छ ।उनलाई विभिन्न म्यानपावरहरुले तेस्रो मुलुक हुँदै घरेलु कामदारका रुपमा कुवेत भित्र्याएका हुन । सरिताको श्रम स्वीकृति गरिएको छैन