७ माघ २०७७, बुधवार

बुटवल-रुपन्देहीको मर्चवारमा एक जनाको हत्या भएको छ। अन्दाजी ३५ वर्षका पुरुषको जलाएर हत्या भएको प्रहरीले आशंका गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मायादेवी गाउँपालिका ७ गरकट्टी भन्ने ठाउँमा दानव नदीको किनार नजिकै खेतमा आगो लगाएर जलाएजस्तो शव फेला परेको रुपन्देही प्रहरीका अनुसन्धान अधिकृत केशव केसीले जानकारी दिए।

घटनामा संलग्न दोषीको पहिचान हुन नसेकाले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको छ। शवको सनाखतका लागि १ सय भन्दा बढी स्थानीयलाई बोलाएपनि सनाखत हुन नसकेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर