७ माघ २०७७, बुधवार

कास्की जिल्ला भलिबल संघको आयोजनामा गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मंगलबार प्रतियोगिताबारे जानकारी गराउँदै, प्रतियोगिता संयोजक खगेन्द्र गौचनले ‘गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्ला स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०७७’ गर्न आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगताबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताउनुभएको छ ।

प्रतियोगिताको प्रथम हुने महिला र पुरुष दुबैले समान दुई–दुई लाख रुपैँया तथा उपविजेताले समान एक–एक लाख रुपैँया एवम् तृतिय हुनेले नगद ५० हजार रुपैँयाको साथमा कप, मेडल र प्रमाणपात्र प्राप्त गर्नेछन ।

यस्तै प्रतियोगिताको विधागत उत्कृष्ट महिला पुरुष दुवैले समान पाँच हजार रुपैँयाको साथमा कप र प्रमाणपत्र प्रदान गरिने छ ।

आगामी फागुन ४ गते देखि ८ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा प्रदेशका ११ जिल्लाका महिला पुरुष गरी २२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिता संचालनको लागि करिब ५४ लाख ३४ हजार ८ सय रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर