२०७७ भाद्र १, सोमबार

विदेशमा रहेका नेपालीहरुलाई सरकारले स्वदेश ल्याईरहेको छ । चार्टर जहाज मार्फत उनीहरुलाई नेपाल ल्याईएको छ तर चार्टर गरेको प्लेनमा आउदा भाडा महंगो भएको भन्दै सरकारको चौतर्फि विरोध भैरहेको छ । विभिन्न देशका राजदुतहरुले समेत नियमित उडान सुचारु गराउन नेपाल सरकार संग अनुरोध गरिरहेका छन । साउदी अरववाट हाल सम्म पाचँवटा जहाज मार्फत नेपालीहरु स्वदेश फर्किसकेका छन ।
यसैक्रममा भदौ ४ गते अर्थात २० अगष्टमा हुने उडान भने स्थगित भएको छ । भदौ ४ गतेको उडान भदौ ७ गते अगष्ट २३ गते राती ११ वजे तय भएको साउदीको वाणिज्य दुतावासले जनाएको छ । साउदीबाट यो अवधिमा ७ हजार ८१७ जना नेपालीहरु स्वदेश आईसकेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर