
६ माघ २०७७, मंगलवार
भारतमा एक नेपालीको मृत्यु भएको छ ।
सल्यान घर भई भारतको चण्डिगढमा परिवार विहिन भएर वसेका झुपल पुनको मृत्यु भएको छ ।
चालिस वर्षदेखि उनी पारिवारीक समस्याको कारण भारतमै रहेका थिए
। झुपलका वावु आमाले उनलाई थाहै नदिई भएको जायजेथा वेचेर अत्यन्त्र सकेपछि उनी ४० वर्ष देखि परिवार विहिन भएर भारतको चण्डिगढमा वस्दै आएका थिए ।
भारतमा पनि उनको आफन्त कोहि नभएको कारण समस्या संग जुझदै आएका थिए ।
कोरोना महामारीका बेला विरामी भएर थला परेपछि केही नेपालीहरुले उनलाई मानवीय नाताले अस्पतालमा भर्ना गरेर उपचार गराईरहेकै अवस्थामा उनको मृत्यु भएको छ ।
उनलाई अस्पतालमा नेपाली जनसम्पर्क समिति चण्डीगढ शाखाका अध्यक्ष सन्नी शर्मा र सचिव रेशम रानाको नेतृत्वमा उपचारको लागि सहयोग भैरहेको थियो ।