६ माघ २०७७, मंगलवार

झापा, दमक नगरपालिका-३ बेलडाँगी बुद्ध टोलबाट १ ग्राम ६ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय समिर तामाङ र २२ वर्षीय नविन लिम्बु रहेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले समिरको घरबाट उनीहरूलाई उक्त लागूऔषध र ५ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा बुद्धशान्ति गाउँपालिका-४ किरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रवेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले प्रवेशलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, रतुवामाई नगरपालिका-४ आमबारीबाट १ सय २६ ग्राम १४ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ झुर्किया बस्ने ४२ वर्षीय मोहम्मद रफिक मिया र भारत अररिया कुचहा धाता बस्ने २२ वर्षीय मोहम्मद नवाब आलम रहेका छन् ।

लागूऔषध नियन्त्रण कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले बिआर ३७ यू ५८२३ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर