६ माघ २०७७, मंगलवार

काठमाडौं महानगरपालिका-१४ रबिभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लाबाट करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अपार्टमेन्टमा रहेका २३ जनालाई सकुशल उद्धार गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानियवासी र दमकल समेतको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै १६ जना पुरुष, ५ जना महिला र २ जना बालबालिकालाई सकुशल उद्धार गरिएको हो ।

आगलागीमा परेर सामान्य घाइते भएका सोही अपार्टमेन्टमा बस्ने भारत घर भएकी २७ वर्षीय प्रतिभा अग्रवाल र उनको २ दिनको छोरालाई उपचारको लागि सहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उपचार पश्चात डिष्चार्ज भएका छन् ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर