बाँकेको कोहलपुर स्थित नेपाल घरेलु तथा साना उद्योग महासंघ , कोहलपुर नगरपालिका समिति बाँकेलाई कोहलपुर नगरपालिका कार्यालयले उपलब्ध गराएको जग्गामा भवन निर्माण गर्न आवश्यक पर्ने कुराहरुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहयोग गर्ने भएको छ।
सोमबार दिउसो नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला समितिका उपाध्यक्ष अमृत प्रसाद सिग्देल र नगर समितिका अध्यक्ष हेम विक्रम जि सिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट तथा सहरी विकास मन्त्रि प्रभु शाहलाई भेटि सहयोगको लागि अपिल गर्नु भएको जानकारी उपाध्यक्ष अमृत प्रसाद सिग्देलले गराउनु भयो। साथै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सहरी विकास मन्त्रालयले आवश्यक रकम नेपाल घरेलु उद्योग महासंग बाँकेलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आजै मन्त्रालयबाट स्वीकृति पत्रपनि प्रदान गरिएको छ।
मन्त्रालयले यस्ता कामहरुमा सधै सहयोग गर्ने प्रतिबद्धता मन्त्रिद्वय लेखराज भट्ट र प्रभु शाहले बताउनु भएको जानकारी दिनु भयो।