५ माघ २०७७, सोमवार

पोखराका १७ सहित गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउँसो प्रदेशका ४ वटा जिल्लाका २५ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा कास्कीका मात्रै १७ जना रहेका छन् । ती सबै पोखरा महानगरपालिकाका हुन् ।

यस्तै, बाग्लुङ र तनहुँका ३/३ जना तथा नवलपुरका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५ हजार १८९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर