५ माघ २०७७, सोमवार

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सकरदही टोलमा  आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

कङ्कालिनी–२ सकरदही निवासी जगन सुतिहारको गाईगोठबाट शुरु भएको आगलागीमा परी  नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको घर  जलेर नष्ट भएको छ ।

आगलागीबाट खाद्यन्न, लत्ताकपडा, नगद जिन्सी र भाँडाकुडा गरी करिव २० लाख मूल्य भन्दा बढीको क्षति भएको छ ।

आगो स्थानीयवासी, बारुणयन्त्र, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर