
५ माघ २०७७, सोमवार
पाल्पामा आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन ।
पाल्पाको रामपुर नगरपालिका वडा न ५ बेझाड वजार बस्ने बुद्दी दराईले आफनै श्रीमतीको हत्या गरेका हुन ।
बुद्धिले शनिबार साँझ बारी खन्ने कुटोले श्रीमतीलाई हिर्काएका थिए ।
घाईते वनेकि रमाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि पठाईएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । वुद्धिलाई प्रहरीले पका्रउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।