४ माघ २०७७, आइतवार

पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

https://amzn.to/4myfPN5

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दुगडलाई आफ्नो विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् ।

यसअघि राज्यमन्त्री रहेका दुगडलाई पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री केपी ओलीले नै वर्खास्त गरेका थिए ।

उनको वर्खास्तिसँगै हाल उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीमा विमला विक नियुक्त भएकी छन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडालाई नियुक्त गरेका थिए । तर, पछि खतिवडालाई अमेरिकाका लागि राजदूत नियुक्ति दिएसँगै आर्थिक सल्लाहकारको पद रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर