३२ श्रावन २०७७, आइतवार

समुदायमा कोरोना भाईरसको संक्रमण बढेपछि रुपन्देहीमा ‘क्वीक रेस्पोन्स टिम’ गठन गरिएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आईतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उक्त टिम गठन गर्ने निर्णय गरेको हो । उक्त समितिमा स्थानीय तहका प्रमुखहरु, स्वास्थ्य संयोजक, सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघका अध्यक्ष लगायत सदस्य रहने छन् ।
बैठकले स्थानीय तहका प्रशासकीय प्रमुकको संयोजकत्वमा ‘ईमिडिएट रेस्पोन्स टिम’ समेत गठन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी गराउनु भएको छ । पालिका स्तरमा काम गर्नेगरी प्रशासकीय प्रमुखको संयोजकत्वमा गठन गरिएको ‘ईमिडिएट रेस्पोन्स टिम’मा सम्बन्धित स्थानीय तहका स्वास्थ्यकर्मी, प्रहरी लगायत सदस्य रहने छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर