४ माघ २०७७, आइतवार

अछामको मंगलसेन नगरपालिकाले कमलबजार पीसीआर प्रयोगशालालाई आर्थिक सहयोग गरेको छ। प्रयोगशाला व्यवस्थापनका लागि नगरपालिकाले ५ लाख सहयोग गरेको हो।

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराले कमलबजार नगरपालिकाका लेखापाल शरद प्रसाद ढुङ्गानालाई ५ लाखको चेक हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरण गर्दै नगरप्रमुख बोहराले नगरपालिकाले पीसिआर प्रयोगशालाका लागि सहयोग गर्ने प्रतिबद्धता अनुसार नै आर्थिक सहयोग गरिएको बताए।

यसअघि जिल्लाको ढकारी गाउँपालिका र तुर्माखाद गाउँपालिकाले पनि १०÷१० लाख सहयोग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार