४ माघ २०७७, आइतवार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि आक्रमण भएको बेलामा हाँस्न नसकिने जनाएका छन् ।

युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र संकटमा परेको बेलामा कोही पनि हाँस्न नसक्ने बताएका हुन् ।

नेपालमा गणतन्त्र आउँदा रुँदै हिँडेका केपी ओली अहिले संविधानमाथि आक्रमण गरेर प्रतिनिधिसभा विघटन गर्दा हाँस्दै हिँडेको प्रसंग उठाउँदै प्रचण्डले जनता स्तब्ध हुँदा ओली हसाउँदै हिँडेको बताए ।

प्रचण्डले परिवर्तनका उपलब्धी गुमेको शोकमा आफुहरु हाँस्न नसक्ने बताए । प्रचण्डले भने,‘ हामी जन्ती जाँदा रुँदै जाने र मलामी जाँदा पनि हाँस्दै हिँड्ने हामी केपी ओली जस्तो होइनौं । हामी मलामी जाँदा चिन्ता गरेरै हिँड्छौँ र जन्ती जाँदा हाँस्ने गरेरै हिँड्छौँ । हामी त्यस्ता स्वभाविक मान्छे हौंँ । तर, उहाँ अस्वभाविक हुनु भएको छ ।’

अदालत र अख्तियारमा भ्रष्टाचारका मुद्दा खेपेकाहरुलाई ओलीले आफै न्यायाधीश बनेर सफाइ दिँदै हिँडेको प्रचण्डको आरोप छ।

प्रचण्डले भने, ‘उहाँ जे भन्नु हुन्छ त्यो गर्नु हुन्न। म भ्रष्टाचार गर्दिनँ गर्न पनि दिन्न भनेर उहाँ भन्नुहुन्छ। तर भ्रष्टाचारीलाई बचाउन र जनतालाई मुर्ख बनाउन आफै न्यायाधीस बनेर अघि सर्नुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर