४ माघ २०७७, आइतवार

प्रेस काउन्सिल नेपालले रिक्त दरबन्दीका लागि गरेको विज्ञापनमा दरखास्त दिने समयावधि आज सकिएको छ ।

कोरोना महामारीका कारण रोकिएको विज्ञापनमा माघ २ गतेदेखि ४ गतेसम्म दरखास्तका लागि पुनः समयावधि तोकिएकोमा आज उक्त समयावधि सकिन लागेको हो ।

दोब्बर दस्तुरमा दरखास्त दिने अन्तिम मिति भने माघ ११ गतेसम्म रहेको काउन्सिलले सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।

विभिन्न तहका लागि कर्मचारी माग गर्दै २०७६ फागुन २३ मा काउन्सिलले विज्ञापन गरेको थियो ।

कार्य क्षमता मूल्याङ्कनको आधारमा हुने बढुवाका लागि प्रशासन सहायक स्तर चौथो तहदेखि वरिष्ठ अधिकृत नवौँ तहसम्मका लागि दरखास्त माग गरिएको थियो ।

यस्तै, खुला तर्फ सहायक स्तर चौथो तहदेखि अधिकृत सातौँ तहसम्मका लागि कर्मचारी माग गरिएको थियो ।

दरखास्त दिने अन्तिम मिति २०७६ चैत्र १३ सम्म रहे पनि कोरोना महामारीका कारण चैत्र ११ देखि लकडाउन भएका कारण दरखास्तको ३ दिन बाँकी रहँदा स्थगित भएको थियो ।

उक्त स्थगित भएको दरखास्त पुनः माघ २ गतेदेखि ४ गतेसम्म सिङ्गल दस्तुर र ५ देखि ११ गते सम्म दोब्बर दस्तुर तिरी दरखास्त लिने कार्य सुचारु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर