३ माघ २०७७, शनिवार

लण्डन ,रंगभेद एबम जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पुर्वमन्त्री समेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन् ।

https://amzn.to/4myfPN5

नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको नेपाली र स्थानीय दुवै समुदायमा सक्रिय रहँदै आएका छन् ।

विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको बेजिङस्टोक मल्टिकल्चर फोरममा उनी अध्यक्ष छन् ।

लेबर पार्टीको बेजिङस्टोक कार्यसमितिमा पनि सदस्य रहेका श्रेष्ठ अश्वेत, एशियन तथा अल्पसंख्यक समुदायसम्बन्धी विभागमा संयोजक छन् ।

केही महिनाअघि उनलाई बेलायतको ह्याम्पशायर प्रहरीले आफ्नो सल्लाहकार बोर्डमा मनोनित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर