३ माघ २०७७, शनिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह कसैको नभइ आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनाव चिन्ह रहेको बताएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव चिन्हको विषयमा कुनै छलफल नै नहुने बताए ।

ओलीले भने, ‘मेरो समन्वयमा महासचिवले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउनुभएको थियो ।

तर हाम्रा केही केन्द्रीय सदस्य बैठकमा सहभागी हुनु भएन । पछि बुझे उहाँहरु त सूर्य चिन्ह हाम्रो भन्दै निर्वाचन आयोग पो जानुभएछ ।’

एक पटक पनि सूर्य चिन्हमा चुनावमा नलड्ने व्यक्तिले चुनाव चिन्ह दाबी गर्नु हास्यास्पद भएको बताए ।

उनले अझै पनि केही नबिग्रिएको बताउँदै सूर्य चिन्ह चाहिने भए पार्टीको बैठकमा आउनुपर्ने बताए ।

उनले निर्वाचन आयोगमा गएर चुनाव चिन्ह नपाइने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर