३ माघ २०७७, शनिवार

नेकपा केपी ओली समूहका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले प्रचण्डले स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै बेच्दै आएको वताएका छन ।

प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा उनले भने, नेपालमा प्रचण्डजी स्थापित भएर आएपछि मुलुक अस्थिरताको भुमरीमा फसेको छ ।

कम्युनिस्ट आन्दोलन अन्यौलग्रस्त स्थितिमा छ । उहाँले स्वार्थका लागि माओवादी आन्दोलन बेच्दै बेच्दै आउनुभयो ।

यहाँसम्मकी कम्युनिस्टमा बचेका कुरा पनि ध्वस्त गर्नु लाग्नुभयो ।

मुलुकलाई समृद्धिको बाटोमा लाग्न प्रचण्डमुक्त कम्युनिस्ट पार्टी, प्रचण्डमुक्त नेपाल बनाउन जरुरी छ ।

देशलाई प्रचण्डमुक्त नगरिए ठूलो दुर्भाग्य हुनेछ ।

प्रचण्डको अहिले गरेको कार्य अनौठो नभएको उनले बताए ।
ुकेही साथीलाई लागेको होला । प्रचण्डजीले यसरी किन गर्नुभयो ।

तपाईंहरुका लागि अनौठो होला । तर पूर्वमाओवादीका लागि, प्रभु साहका लागि त्यो अनौठो होइन ।

माओवादीमा प्रचण्डजी ३० वर्षदेखि अध्यक्ष हुनुहुन्थ्यो । उहाँले गरेको यही काम हो ।

उहाँले आफ्नो पदका लागि न कहिले सहयोद्धा चिन्नु भयो, न आफ्नो प्रतिबद्धता चिन्नुभयो, न विचार चिन्नु भयो, न आफ्नो पहिचान चिन्नुभयो, साहले भने ।
प्रचण्डले पदका लागि अडान छोड्दै गएर माओवादी मुभमेन्टको व्यपार गरेको उनको आरोप थियो ।

यस्तै उनले तत्कालीन माओवादी पार्टी पनि ओलीसँगै रहेको बताए । माओवादी कहाँ छन् भन्ने साथीहरुलाई लागेको होला ।

माओवादी पार्टी जहाँ केपी ओलीजी हुनुहन्छ त्यही छ । मुट्टीभर मान्छे मात्र प्रचण्डजीसँग छ, साहले भने ।

यस्तै उनले माधव नेपाल र झलनाथ खनालले केही गर्न सक्दिन भनेर हात उठाएका नेताहरुका रुपमा चित्रित गरे ।

उनले भने, उहाँहरुले देश बनाउछु भन्नु गोरुले दुध दिन्छ भने जस्तै हो ।ु

प्रतिक्रिया

सम्बन्धित खवर