३ माघ २०७७, शनिवार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ ।


तीन दिनको भारत भ्रमणका क्रममा दिल्लीमा रहेका ज्ञवालीले अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्वीरहरू रक्षामन्त्री सिंहले ट्वीटरमार्फत सार्वजनिक गरेका छन् ।

‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन ।

यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ,’ सिंहले ट्वीटरमा लेखेका छन् ।

भेटवार्तामा परराष्ट्रसचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित थिए ।

मन्त्री ज्ञवाली आजै अपराह्न ४ बजे नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ

प्रतिक्रिया

सम्बन्धित खवर