३ माघ २०७७, शनिवार

रक्सी पिउनु स्वास्थ्य , परिवार र समाजको लागि राम्रो कुरा होइन। सकेसम्म रक्सी पिउँदै नपिउनुस्। यदि रक्सी धेरै पिएर ह्याङओभर हुन्छ भने निम्न बिधि अपनाएमा ह्याङओभर कम गर्न सकिन्छ।

दूध र दही
रक्सी पिउँदा शरीरमा अम्लको मात्रा बढ्छ । यसकारण धेरै थकाइ लाग्छ र सुस्त भइन्छ । यस्तो स्थितिमा दूध वा दही पिउँदा रक्सीको नशा कम हुन्छ ।

कागती पानी
मनतातो पानीमा कागती र नून हालेर पिउँदा पनि रक्सीको नशा उत्रिन्छ ।

मह
रक्सी पिएपछि टाउको दुख्ने, बान्ता लाग्ने र चक्कर आउने भएमा तत्कालै मह चाट्नुस् । बिस्तारै ह्याङओभर उत्रिन्छ ।

सुन्तलाको रस
सुन्तलाको रसमा भएको भिटामिन सीले चक्कर लाग्न दिँदैन । अनि रक्सीको नशा पनि उत्रिन्छ ।

अदुवा हालेको चिया
अदुवा हालेको चिया पिउँदा टाउको दुखेको कम हुन्छ । अनि रक्सी पचाउन पनि अदुवा चियाले मद्दत गर्छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर