३ माघ २०७७, शनिवार

बाँकेको नेपालगंज उपमहानगरपालिका कारकादो मेरी गोल्ड स्कुल पछाडिको खेतमा एक युवक ह त्या गरिएको अवस्थामा फेला परेका छ्न ।

नीज मृतकलाई हतियारले टाउकोमा  हानेर ज्यान लिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।

बाँके प्रहरी प्रवक्ता, डिएसपी सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत प्रविन थापा मगर रहेको जानकारी दिएका छन् ।

घटनापछि प्रहरीले थापामगरकी गलफ्रेण्डलाई अनुसन्धानको दायरमा ल्याउने भएकोछ ।

प्रहरी श्रोतका अनुसार थापामगरकी गलफ्रेन्डलाई अनुसन्धानका लागि झिकाइदै छ ।

यस्तै घटनास्थलमा न शा प्रयोग गरिएको हुनसक्ने पाइएको छ ।

त्यसमा प्रयोग हुने सामाग्ी भेटिएकाले यसको प्रयोग भएको शंका बढेको हो ।

उनलाई अहिले पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा लगिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक सुचक प्रविण थापामगरको शव बाँकेको लग्दहवा नजिकै तोरीबारीमा भेटिएको हो ।

उनको शव नेपालगन्ज उप–महानगरपालिकाको लग्दहवामा शुक्रबार दिउँसो भेटिएको थियो । उनको शरीरमा डामहरु देखिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी सुबास खड्काले घटनाको बारेमा अनुसन्धान भैरहेको बताए । उनले भने, ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं । छिटै तथ्य बाहिर आउनेछ ।

ब्यक्तिगत कारण भएको हो वा व्यावसायिक कारणले त्यो कुरामा हामीले अनुसन्धानलाई केन्द्रित गरेका छौं ।

अहिले अरु केहि भन्न सकिन्न ।’ शुक्रबार बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न घटनास्थलमा कुकुरको प्रयोग समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर