
३ माघ २०७७
पत्रपत्रिका
वर्षौँदेखि सञ्चालनमा रहेका आफ्नै सवारी ट्रायल सेन्टरका बेवास्ता गर्दै प्रदश १ सरकारले निजी व्यवसायीको प्रभाव र दबाबमा परेर
उनीहरुकै सेन्टर प्रयोग गर्ने प्रक्रिया सुरु गरेको छ ।
यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको स्वामित्वमा आएसँगै निजी क्षेत्रले निर्माण गरेको ट्रायलस्थलमा प्रदेश सरकारको ध्यान
तानिएको हो ।
जसकारण यातायात कार्यालयले यसअघि लाखौं खर्चिएर निर्माण गरेका ट्रायल सेन्टर अब बेकामे अवस्थामा रहने भएका छन् भने
सेवाग्राहीलाई थप आर्थिक भारत पर्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।