
गुल्मी,२०७७ माघ १ गते
झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा ईश्मा गाउँपलिका-३ दर्लामचौर बस्ने ६४ वर्षीय
राम बहादुर मुखियाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । झारफुक गर्ने रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने
मालिका गाउँपालिका-६ अर्जे घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । ढाड दुख्ने विरामी भएका राम बहादुरको झारफुक गर्ने क्रममा बुधबार बिहान मृत्यु भएको थियो । साथै घाइते भएका
मृतक राम बहादुरको छोरा ३४ वर्षीय हुम बहादुर मुखिया र रेसुङगा नगरपालिका-५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईको जिल्ला
अस्पताल तम्घासमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।