१ माघ २०७७, बिहिवार

प्रबासी नेपाली एकता मन्च, नेदरल्याण्डको एघारौं बिस्तारित बैठक भर्चुयल माध्यमबाट सम्पन्न भएको छ ।


प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तथा नेकपा केन्द्रिय सदस्य राजन भट्टराईको प्रमुख आतिथ्य र पुर्व युरोप उप संयोजक पुष्प तिमल्सिना बिशेष आतिथ्यमा वैठक भएको थियो ।

वैठकले जिम्मेवारी समेत हेरफेर गर्दै प्रेम काजी गुरुङ ( मनु)अध्यक्ष र सचिवमा हेम कुमारलाई सर्वसम्मतले मनोनित गर्दै १९ सदस्यिय कमिटी बिस्तार गरेको छ ।
सदस्यहरुमा टिकाराम सापकोटा,राजेन्द्र चापागाई,बिनोद बस्नेत,उदय नेपाली,केशब राज पाण्डे लक्ष्मण रिजाल,जोग गुरुङ,रबिन्द्र खड्का, कृष्ण गुरुङ, हरी बिष्ट,जयलाल सापकोटा ,सुनिल गुरुङ,चन्द्र कुँवर, पूर्ण कंडेल ,जीवन पुन मगर,नवराज खड्का (बिनोद) डम्बर क्षेत्री रहेका छन .
वैठकले प्रधानमन्त्रि के पि शर्मा ओलिले आम निर्वाचनमा जाने तथा लोकतान्त्रिक प्रकृया र पद्दती बाटै बर्तमान अवस्थामा देखिएको समस्या हल हुने तथ्यका साथ उठाएका ऐतिहासिक कदम पूर्णरुपमा संबैधानिक रहेको ठहर गर्दै सर्वसम्मत एक्यबद्दता समेत जाहेर गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर