२८ पौष २०७७, मंगलवार

बहुप्रतिक्षित चलचित्र ‘केजीएफ च्याप्टर २’ को टिजर सार्वजनिक गरिएको छ ।

चलचित्रका मुख्य अभिनेता यशको जन्मदिनको अवसर पारेर उक्त चलचित्रको टिजर रिजिल गरिएको हो ।टिजर युट्युवको ट्रेन्डिङ नम्बर १ मा रहेको छ ।

सार्वजनिक टिजरमा यशसँगै संजय दत्त, रविना टन्डन र श्रीनिधि श्रेट्टीलाई देख्न सकिन्छ ।

प्रशान्त निल निर्देशित चलचित्र हिंन्दी, तामिल, तेलुगु र मल्यालम गरी पाँच भाषामा रिलिज गरिने भएको छ ।

उक्त चलचित्रमा विजय किरागन्दुरको लगानी रहेको छ ।

केजिएफ २ मा बलिउड अभिनेता संजय दत्तले अधिराको भूमिका निवार्ह गरेका छन् भने,चलचित्रमा प्रकाश राज र मालविका अविनाशको पनि अभिनय देख्न सकिन्छ ।

‘केजीएफ’को पहिलो सिरिज सन २०१८ मा रिलिज भएको थियो ।

यो चलचित्रले बक्सअफिसमा बम्पर व्यापार पनि गरेको थियो ।

अहिले केजिएफको पोष्ट प्रोडक्सनको काम भैरहेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर