२८ पौष २०७७, मंगलवार

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ।

नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन।

बैठक समापनपछि प्रहरी स्कटिङमा जिल्लाबाट बाहिरिदै गरेको अवस्थामा केही युवाले अध्यक्ष कर्ण थापा चढेको गाडीमा ढुंगामुढा प्रहार गरेको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए। उक्त समूहको खोजी भइरहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर