२८ पौष २०७७, मंगलवार

नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् ।


कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् ।

‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले सम्बोधनका क्रममा कार्यकर्ताहरुलाई भने, ‘यसमा तपाइहरु ढुक्क हुनुस् नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ ।’

उनले सोमबार मात्रै आफुसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफुहरुकै हुनेमा विश्वस्त रहेको बताए ।

झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै उनले हिजोमात्रै निर्वाचन आयोगमा गएर पार्टीको अवस्थाबारे कुरा राखेको र त्यसपछि आफुलाई निर्वाचन आयोगले अन्ततः निश्पक्ष निर्णय गर्नेमा विश्वास जागेको बताए ।

प्रचण्डले केपी ओलीले कहिल्यै पनि राजनीतिक प्रतिवेदनमा गरिएको सहमति स्वीकार नगरेको आरोप लगाउँदै अहिले जनयुद्ध भनेको कुहेको फर्सी भनेको उहाँसँग लागेका पूर्व माओवादीहरुले कसरी सुन्न सकेके हो ? भन्दै प्रश्न गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर