२८ पौष २०७७, मंगलवार
नेपाल कम्युनिष्ट पार्टि(नेकपा)को प्रवास कमिटि प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीयाले नयाँ कार्य समितिको चयन गरेको छ ।
वर्तमान अध्यक्ष परशुराम सापकोटा नेपाल फर्किएको र उहाँको राजिनामा स्विकृत भएकाले सृजना नेपालीलाई केन्द्रिय कमिटिको भर्चुअल वैठकले अध्यक्षमा चयन गरेको हो ।
वैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जान निर्वाचनको मिति घोषणा गरेको कदम स्वागत योग्य रहेको भन्दै विज्ञप्ती जारी गरेको छ ।
यसैगरी सचिवमा अन्जना कुलुग राई लगायत ५७ जनाको केन्द्रिय समितिमा थप १६ जना कार्यसमिती समेत थप गर्ने निर्णय गरेको छ ।
जसमा विनोद खनाल,सुजन पण्डित,माधव अर्याल,मदनकृष्ण भुजेल,दिलिप दाहाल,भवानी वेघा,सन्दिप विक,सन्तोष श्रेष्ठ,सुरज भण्डारी, विर कुमार ओली,टिकाराम पोखरेल,विनोद खनाल,दिपक खनाल,गणेश आले मगर,टिवि घर्ती मगर,सुरज दर्लामि मगर रहेका छन ।