२८ पौष २०७७, मंगलवार

आगामी फागुन २७ गते रिलिज मिति तोकिएको फिल्म ‘लप्पन छप्पन–२’ नेपालीसहित ४ भाषामा रिलिज हुने भएको छ ।

फिल्म नेपाली, हिन्दी, तमिल र भोजपुरी भाषामा एकसाथ रिलिज गर्न लागिएको हो । फिल्म मुकन्द भट्टले निर्देशन गरेका हुन् ।

फिल्म नेपाली भाषामा हलमा प्रदर्शनमा आउनेछ भने भारतको ओटीटीमा रिलिज गर्ने तयारी निर्माण युनिटले गरेको छ ।

एक्सन जनरामा निर्माण भएको फिल्ममा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन, मुकन्दको पटकथा र संवाद रहेको फिल्ममा सुरज अधिकारी र प्रजापति शिवाकोटी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर