
२८ पौष २०७७, मंगलवार
अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन थालिएको छ ।
‘रेड वाइन’ बाट नाम परिवर्तन गरी ‘तिम्रो मेरो साथ’ नाम राखिएको यो फिल्म सोमबारदेखि छायांकन थालिएको निर्माण टिमले बताएको छ ।
प्रेमकथामा आधारित यो फिल्ममा रमेश एमके पौडेलको निर्देशन रहनेछ । साथै फिल्ममा निर्देशक पौडेललको कथा तथा लगानी रहनेछ । निर्माणमा पौडेलसँग पासाङ लामाले साझेदारी गर्दैछन् ।
फिल्मको छायांकन नेपाल र अमेरिकाका केही शहरमा गरिने निर्माण टिमले जनाएको छ ।