२८ पौष २०७७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाबवाट आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरेका छन् ।

भारतीय टेलिभिजन जी न्युजसंग कुरा गर्दै ओलीले वैशाखमा घोषणा गरिएको चुनावमा आफ्नो पार्टीले बहुमत पाउने र नभए कम्तीमा पनि पहिलो दल बन्ने दाबी गरेका छन् ।

नेपाल र भारतबीचको सम्बन्ध संधै सुमधुर हुने समेत उनको तर्क छ ।

कुनैपनि मुलुक भुगोल र जनसंङख्याको हिसाबले ठुलो या सानो नहुने भन्दै एउटा भौगोलिक क्षेत्रमा रहेका दुई छिमेकबीच सार्वभौम हिसाबले हुनुपर्ने जिकिर गरेका छन् ।

भारतलाई ठुलो दाजु मान्न अस्वीकार गरेको भन्ने प्रश्नमा ओलीले उमेरमा मोदी ठुलो भएपनि प्रधानमन्त्रीका रुपमा एउटा सार्वभौम मुलुकका हिसाबले सम्बन्ध रहने बताएका छन् ।
ओलीले मोदीलाई व्यक्तिगत सम्मान गर्ने तर देश सानो(ठुलो नहुने तर मोदीलाई सम्मान गरेन र बराबरी ठान्यो भनेर गलत अर्थमा नबुझ्न आग्रह समेत गरेका छन् ।

साथै प्रधानमन्त्री ओलीले भारत र चीन नेपालका राम्रा छिमेकी भएकाले नेपाल एक अर्का बिरुद्ध कार्ड खेल्ने पक्षमा नरहेको समेत स्पष्ट पारेका छन् ।

दुवै छिमेकी विकासमा अगाडि भएकाले नेपालका लागि राम्रो अवसर भएको समेत उनले उल्लेख गरेका छन्  ।

चीन र भारतबीच लद्दाखको गलवान उपत्यकामा विवाद र नेपालले नयाँ राजनीतिक नक्सासँग कुनै सम्बन्ध नरहेको समेत ओलीले प्रस्टयाए ।

ओलीले भारतसंगको सम्बन्धलाई थप प्रगाढ बनाउने पक्षमा नेपाल रहेको संकेत समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतमा पछिल्लो समय नेपालले चीनको पक्ष लिइरहेको भन्ने बुझाइ गलत रहेको समेत स्पट पारेका छन ।

हेरौ अन्तरवार्ता

 

प्रतिक्रिया

सम्बन्धित खवर