२६ पुस २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले आइतबार  नवलपुरमा  भेला गरेका छन् ।

https://amzn.to/4myfPN5

नवलपरासीपूर्व कावासोतीस्थित सितारा रिसोर्टमा आयोजित ओली समूहको कार्यकर्ता भेलामा बोल्दै नेकपा ओली समूहका स्थायी समिति सदस्य एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले प्रचण्डले पूर्व एमालेलाई फुटाउन खोज्दा पूर्व माओवादी चिरा परेको मेसो नपाएको बताए ।

आफ्नै पार्टीका नेता तथा सांसदहरु पार्टी फुटाउने योजनाका साथ सरकारको विरोधमा उत्रिएको उनको भनाइ थियो ।

आफ्नै पार्टीका नेता र सांसदहरुले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार र स्थापित गर्न छाडेर सरकारको विरोध गर्ने काम मात्रै गरेको मन्त्री रायमाझीले आरोप लगाए ।

भेलामा नेकपा ओली समूहका गण्डकी प्रदेश सहइन्चार्ज एवम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संसद विघटनको मुद्दा सर्वोच्च अदालतले संवैधानिक इजलासमा पठाउनु नै संसद विघटनको प्रक्रिया संवैधानिक कदम भएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर