२६ पुस २०७७

सरकारले  गत चैतबाट बन्द गरिएका चलचित्र हल खुलाउने निर्णय गरेको छ ।


आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

आज बिहान मात्रै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नायक शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर