२५ पौष २०७७, शनिवार

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले वर्तमान सरकार र नेकपाले नेपालको संविधानमाथि मनलाग्दी गरेको आरोप लगाएका छन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपाली काँग्रेस कैलालीको क्षेत्र नं. ५ले धनगढीमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीले प्राप्त संविधानमाथि मनलाग्दी गरेको आरोप लगाएका हुन्। उनले भने,‘यी कम्युनिष्टले संविधानमाथि मनलाग्दी गरेका छन्। व्यक्तिगत स्वार्थ पूर्ति गर्न नपाएर संसद विघटन गराएका हुन्। अब काँग्रेसले संविधानको रक्षाको लागि सडकमा आएको हो।’

त्यस्तै मेयर वडले शुक्रबार धनगढीमा नेकपाले आयोजित जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको विकासबारे गफ मात्रै दिएर गएको टिप्पणी गरेका छन्। ‘हिजो प्रधामन्त्री ज्यूले भाषण गरेर  गए। गौरीफन्टा स्तरोन्नतीवारे बोलेर गए। तर किन अझैसम्म निकास पाएको छैन। गेटा मेडिकल कलेज, छ लेन सडक निर्माण मैले गरेर भनेर गफ दिएका छन्। म अहिलेको सरकारलाई अनुरोध गर्छु, हावा गफ नदिनोस्। हामीलाई रेल र पानी जहाज चाहिएको होइन, विकास चाहिएको छ।’

त्यस्तै, मेयर वडले काँग्रेसले वडा सदस्य समेत बनाउन योग्य नठान्ने व्यक्तिहरुलाई नेकपा ओली समूहले केन्द्रीय सदस्य बनाएको भन्दै टिप्पणी पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर