२५ पौष २०७७, शनिवार

प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता २०७७ को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता माघ २ देखि १७ सम्म टीयू मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नम्बर १ र कर्णाली प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, प्रदेश नम्बर २ र सुदूरपश्चिम छन् ।

माघ २ मा टीयूमा उद्धघाटन खेलमा आर्मी र गण्डकीबीच प्रतिस्पर्धा हुने छ । माघ ३ मा पुलिस र प्रदेश १ ले टीयुमै प्रतिस्पर्धा गर्ने छन् । माघ ४ देखि १२ सम्म मुलपानी र टीयू दुवै मैदानमा खेल हुने छन् । समूह चरणको खेलपछि दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छ्न् ।

पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उप विजेतासँग माघ १४ खेल्ने छ । माघ १५ मा दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उप विजेतासँग खेल्ने छ । फाइनल माघ १७ मा टीयूमा हुने छ ।

मुलपानीमा समूह चरणका कुल ९ खेल हुने छन् । टीयूमा सेमिफाइनल, फाइनल र समूह चरण गरि कुल १४ खेल हुने छन् । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स च्यानलले गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर