फूल काजी स्याङबो

३२ श्रावन २०७७, आइतवार

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हालसम्म १८ जनाले ज्यान गुमाएका छन ।

शुक्रवार ११ जनाको र हिजो थप ७ जनाको शव भेटिएको हो । हाम्रा संवाददाता फुलकाजी स्यागवोका अनुसार मृतक सवैको वौद्ध परम्परा अनुसार शनिवार साझँ गाउमैदाह संस्कार गरिएको छ । २१ जना वेपत्ता भएका छन उनीहरुको खोजीकार्य भैरहेको छ । पाचँजना घाईते भएका छन । घाईते मध्ये एकजनाको अवस्था गंभिर भएपछि काठमाण्डौ लगिएको छ र उनको सिभिल अस्पतालमा उपचार भैरहेको छ अन्यको सदरमुकाम चौतारामा उपचार भैरहेको छ ।
माथिवाट आएको पहिरोले ३७ घर धुरी रहेको गाउँमा ११ घरलाई पुर्णरुपमा पुरेको थियो । पहिरोमा पुरीएर ३ वटा घरपरिवारको सवैको मृत्युभएको थियो ।
यसैविच विपद् व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको छ ।
काजकिरिया खर्चका लागि मृतकका परिवारलाई तत्काल २५ हजार रुपैयाँ पनि दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
यसैबीच जुगल गाउँपालिका–२ लिदीका पहिरोपीडितका लागि तामाङ कलाकार संघले एक लाख २५ हजार आर्थिक सहयोग गरेको छ ।
दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
घटनाको स्थलगत निरीक्षण गर्न सभामुख अग्नि सापकोटा नेपाल सरकार को गृहमन्त्री राम ब. थापा (बादल), पुर्व मन्त्री शेर बहादुर तामाङ वाग्मती प्रदेश का मुख्य मन्त्री डोरमणी पौडेल पर्यटन मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवा राज दुलाल अर्थ विकास समिती अध्यक्ष सरेश नेपाल,प्रमुख जिल्ला अधिकारी,सेनाका प्रमुख लगायत विभिन्न दलका नेताहरु पुगेका थिए ।
अहिले विभिन्न संघसस्थाका प्रतिनिधि,सामाजिक अभियान्त लगायतकाहरु राहत सामाग्रि लिएर घटना स्थल पुग्न थोलेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर