सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्केमा बस भेरि नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।

दाङबाट सल्यानको सल्लीबजारतर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस बिहीबार करिब पौने ३ बजे भेरी नदीमा खस्दा दाङको बबइ गाउँपालिका ३, का बस चालक २१ वर्षीय सुमन नेपालीको मृत्यु भएको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । बसमा ३ जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर