२१ पौष २०७७, मंगलवार

झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् ।

शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा को १ ख ६०९८  नम्बरको बस र प्र-१-०२-०४३ प ९२१८ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो एक आपसमा ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

उनीहरुको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर