२१ पौष २०७७, मंगलवार

देशभक्त नागरिक एकजुट हुनुपर्ने बेला आएको अभिनेत्री मनिषा कोइरालाले बताएकि छिन । २ सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘सबै एकजुट भएपछि मात्रै स्वाभिमानको साथ बाँच्न सकिन्छ।’

https://amzn.to/4myfPN5

राष्ट्रिय एकता दिवसको आफ्नै महत्व भएको उनले दर्शाइन्। ‘देशलाई माया गर्नेहरु सबै एक ठाउँमा आउनुपर्छ, एकीकृत भएर आवाज दिन सक्नुपर्छ,’ उनले भनिन्, ‘सबैलाई आफ्नो देशको माया हुन्छ। नेपालीलाई नेपालको र भारतीयलाई भारतको माया हुन्छ।’

केही समयअघि नेपाल भारत सीमा विवादबारे ट्विट गरेपछि भारतीय मिडिया उनीप्रति खनिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर