
२१ पौष २०७७, मंगलवार
ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएका छन् ।
काठमाडौंमा सोमबार सम्पन्न २५ औं वार्षिक साधारणसभामा प्रधानाङ्ग १७ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष खेमराज पाण्डे र पूर्वमहासचिव प्रधानाङ्गले उम्मेदवारी दिएका थिए । पाण्डेले १० मत प्राप्त गरेका थिए भने प्रधानाङ्गले २७ मत प्राप्त गरेका हुन् । साधारणसभाले कार्यसमिति सदस्यमा मुकुन्दबहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ, डा. सागरराज शर्मा र मदनकृष्ण शर्मालाई समेत चयन गरेको छ । बाँकी रहेको पदमा अध्यक्षले मनोनय गर्ने प्रावधान रहेको छ ।