२१ पौष २०७७, मंगलवार

गैर आवासिय नेपाली संघ मलेसियाले कोरोनाको कारणले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव परिरहेका श्रमिकहरुलाई सहयोग गर्न आफुहरु तत्पर रहेको जनाएको छ ।
एनआरएनए मलेसियाले सुचना जारी गर्दे भनेको छ   ” मलेसियामा कोरोनाको कारण ले धेरै लाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाब पारिरहेको यस विषम परिस्थिति मा हजुर हरु र जोकोही नेपाली हरु मा केही समस्या परेमा हामी लाई सम्झिनु होला। हामी मलेशिया को सबै ठाउँ मा हजुर हरुको समस्याको समाधान को लागि सिङ्गो टिम नै प्रतिबद्ध छौँ ”
पछिल्लोपटक मलेसियामा समस्या रहेका नेपालीलाई सहयोग गर्ने हेतुले नेपाली दूतावास मलेसियाको समन्वयमा एनआरएनए मलेसिया र एनआरएनए आइसीसीले संचालन गरिरहेको ‘एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम’ सञ्चालनमा ल्याएका छन् । उक्त कार्यक्रम अन्तर्गत हालसम्म १४ जना नेपालीलाई स्वदेश फर्काएको छ ।
केहिदिन अघिमात्रै बाजुराका मदन बोगटी र जनकपुरका धिरेन्द्र ठाकुर लाई एनआरएनए मलेसियाले उद्धार गरी नेपाल फर्काएको थियो । उनीहरू दुबैजना अशक्त अवस्थामा रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर