२१ पौष २०७७, मंगलवार

हङकङका सवैजसो शिखरहरुमा नेपाली झण्डा फहराईएको छ । गोरखाको भिमसेन थापा १ मलेलका डिना वगालले
हङकङका १२५ वटै शिखरमा पुगेर आफ्नो प्रसिद्दीका साथै नेपालको झण्डा समेत फहराएका छन ।
हाल हङकङमा व्यवसाय गर्दै आएका बगालेले यस अघि सन् २०१७ मा चिनको तिब्बती क्षेत्रमा पर्ने मेली क्षेत्रको अन्तर्राष्ट्रिय हिमाली क्षेत्रको दौडमा विश्वमै दोस्रो स्थान जित्न सफल भएका थिए ।
त्यहाँका शिखरहरु धेरै उचाईका त छैनन् तर ति मध्ये धेरै शिखर पुग्नभने कठिननै छन उनले आफनो भनाईहरु यसैगरी राख्छन ।
हङकङका यि शिखरमध्ये सबैभन्दा अग्लो शिखरको उचाई ९०० मिटरका छन भने अधिकांश करिब ३०० मिटरका छन् । हिउँ नपरेपनि ठण्डियाममा बरफ भने जमेको हुन्छ उनले भने । हङकङका ३०० मिटर देखि ९०० मिटरसम्मका शिखरहरुको यात्रालाई ‘पिक हन्टिङ’ नाम दिने गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर