२१ पौष २०७७, मंगलवार

संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

घोषणा गरिएका कार्यक्रमहरुमा ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि, लालटिन जुलुस, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहनलगायत रहेका छन् ।

पौष २१ गतेदेखि ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गते नै प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन र कोणसभा गर्ने,पौष २२ गते उपत्यकामा लाल्टिन जुलुस् र उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन, सिट्ठी र लाठी जुलुस गर्ने तथा २३ गते ( देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन र २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना दिने कार्यक्रम छ ।

त्यसैगरी पौष २५ गते (असंवैधानिक कदम विरुद्ध सडक वहस कार्यक्रम, २६ गते बयलगाडा प्रदर्शन,२७ गते प्रतिगमनबिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने कार्यक्रम अनेरास्ववियुले सार्वजनिक गरेको छ ।

पौष २८ गते ( सडक नाटक र सडक आर्ट ( स्ट्रिट वाल पेन्टिङ र २९ गते सडकमा प्ले कार्ड सहित कार्टून प्रदर्शनका कार्यक्रम तय गरिएको अनेरास्ववियुले जारी गरेका विज्ञप्तिमा उल्लखे छ । तेस्रो चरणको कार्यक्रम माघ १ गते सार्वजनिक गर्ने समेत सो संगठनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर