२१ पौष २०७७, मंगलवार

रोजगारीको लागि कतार पुगेका तनहुँका नेपालीहरुले जिल्लामा सहयोग गरिरहेका छन । न्यानो अभियान अन्तर्गत सबै नगरपालिका र गाउँपालिका लाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यालेकेट ९सिरक० सहयोग प्रदान गर्न लागेको समाजका अध्यक्ष नारायण ढुङ्गानाले बताउनु भयो । समाजले विभिन्न समयमा स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ । गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्ले ले जानकारी दिनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर